कपन क्याम्पसले तेस्रो वार्षिकोत्सव मनायो

काठमाडौँको कपनमा ३ वर्ष अगाडी स्थापना भएको कपन बहुमुखी क्याम्पसले आफ्नो तेस्रो वार्षिकोत्सव सरस्वति पुजाको दिन परेर हिजो मनाएको छ । कार्यक्रममा प्रमुख अतिथि क्षेत्र नं. ४ का साम्सद गगन थापाले क्याम्पसको आफु पनि आजीवन सदस्य रहेको र क्याम्पसको लागि सक्दो गर्ने बताए । उनले अस्ति भर्खर मात्रै जिविसबाट १० लाख रुपैया छुट्टाएको र आगामी दिनमा अझ बढी हुने बताए । कार्यक्रममा बिभिन्न चार व्यक्तिहरुलाई सम्मानित गरिएको थियो भने उत्कृष्ट नतिजा ल्याउने बिध्यर्थिहरुलाई नगद सहित प्रमुख अतिथि साम्सद गगन थापाबाट सम्मान प्रदान गरियो । सो कार्यक्रम कलेजका सहायक क्याम्पस प्रमुख डोर प्रसाद आचार्यले संचालन गरेका थिए । आगामी फागुन १० गते सम्म आजीवन सदस्य बन्ने समय रहेको पनि उनले जानकारी दिए । कपन बहुमुखी क्याम्पसको नतिजा ८५% रहेको र स्थापनाको काम समयमै क्याम्पसले उल्लेखनिय प्रगति गरेको पनि स्थानीयले बताए । भव्य कार्यक्रम बीच सम्पन्न भएको अत्यन्त व्यवस्थित कार्यक्रम उत्साहाजनक रुपमा सफल भएको क्याम्पस व्यवस्थापन समिति सदस्य अशोक पाण्डेले जानकारी दिए ।